डोटीको बगलेक अर्थात् मिनी खप्तड अहिले पर्यटकको रोजाईमा पर्न थालेको छ । दिपायल डोटीको पूर्वीचौकी गाउँपालिका ३ मा रहेको बगलेखमा आन्तरिक पर्यटकहरुको भिडभाड देखिने गरेको छ । ‘मिनि खप्तड’ को रुपमा समेत परिचित बगलेखमा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएको हो । बगलेक जिल्ला सदरमुकाम सिलगढीबाट झन्डै ९/१० किलोमिटर टाढा रहेको छ ।
खप्तडको प्रवेशद्वारमा रहेको बगलेकमा खप्तडको झल्को दिने सुन्दर फाँट रहेका छन् । बगलेक एकान्त अनि रमणीय ठाउँ भएकाले अहिले पर्यटकको भिड बढेको छ । बगलेक क्षेत्रको छेउमा वाराही मन्दिर पनि छ । विशेषगरी दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिका नजिकका नागरिक यहाँ पुग्ने गरेका छन् ।

‘मिनि खप्तड’को रुपमा समेत परिचित बगलेखमा रमाउँदै आन्तरिक पर्यटकहरु । तस्बिरः चक्र मल्ल
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline