तनस्का फेसन शो रनवेमा कलाकार दिपाश्री र सविता आउने

तनस्का फेसन शो रनवेमा कलाकार दिपाश्री र सविता आउने

  • शुक्रबार, साउन १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

विराटनगर, १९ साउन । विराटनगरमा शनिवार आयोजना गर्न लागिएको ‘तनस्का फेसन शो रनवे’ मा बरिष्ठ हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला र चर्चित मोडेल सविता कार्की आउँने भएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन शो रनवेमा प्रमुख कलाकारका रुपमा निरौला र शोस्टपरका रुपमा कार्की आउँन लागेकी हुन् ।
फेसन शो मा तनस्का फेसन स्टुडियोका १२ जना डिजाइनरले तयार गरेका पहिरनको प्रदर्शनी हुनेछ । कलाकार निरौला र कार्की दुवै जना तनस्काको ड्रेस लगाएर ¥याम्पमा उत्रने तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् । कलाकार निरौला र कार्कीसँगै २ पुरुष र १६ जना महिला गरी १८ जना मोडेलहरू ¥याम्पमा उत्रने छन् । ¥याम्पमा पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी देखिनेछन् ।

प्रसिद्ध कार्यक्रम प्रस्तोता रिता कटेलले सञ्चालन गर्ने फेसन शो रनवे कार्यक्रममा गायिका सत्यकला राई र ¥यापर शैलेश निरौलाले पनि सांगीतिक प्रस्तुती दिनेछन् । विराटनगर–३ गोग्राहा चोकस्थित कञ्चनजंघा व्याङ्केटमा साँझ ६ बजेबाट कार्यक्रम सुरु हुनेछ । विराटनगर महानगरपालिकाकी उपप्रमुख सिल्पा निराला कार्कीले कार्यक्रम उद्घाटन गर्ने फेसन शो का प्रचारप्रसार समिति संयोजक रविन कटेलले जानकारी दिए ।

भारतको कोलकतास्थित नेसनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन् । यो स्टुडियो, फेसन डिजाइन पढेका डिजाइनरले नै सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो पनि हो ।
सामान्य सर्वसाधारणदेखि स्थापित भइसकेका राष्ट्रिय कलाकारहरूले पनि तनस्का फेसन स्टुडियोमा तयार भएका ड्रेस लगाउँने गरेका छन् । सीटीईभीटीबाट मान्यता प्राप्त सो कलेजले फेसन डिजाइनको डिप्लोमा लेबलको कोर्ष अध्ययन गराउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी