दोलखामा पहिरोमा परी एकको मृत्यु, तीन वेपत्ता

दोलखामा पहिरोमा परी एकको मृत्यु, तीन वेपत्ता

  • शुक्रबार, साउन १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

चरिकोट ,साउन १९ गते । दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका ८ मा गएको पहिरोको कारण एक जनाको सब फेला परेको छ भने ३ जना बेपत्ता भएका छन् ।

गए राती ९ बजेको अविरल वर्षा सँगै आएको पहिरोले गाउँपालिका ८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए ।

पहिरोले गाउँपालिका ७ का हरिलाल श्रेष्ठ, कृष्ण बहादुर मगर र उनकी श्रीमती र यज्ञ बहादुर थामीको १५ महिनाको नाति रहेका छन् ।

थामीका १५ महिनाको नातिको शव फेला परेको प्रहरी प्रमुख खड्काले बताए । पहिरोमा परि ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

वेपत्ताको खोजी कार्य तीव्र पारिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ