जेल जानु नपर्ने गरी सहमति भएको भनिएपछि अदालत पुगेका ब्यापारी रुगंटा फैसलापछि ढले….

जेल जानु नपर्ने गरी सहमति भएको भनिएपछि अदालत पुगेका ब्यापारी रुगंटा फैसलापछि ढले….

  • शुक्रबार, साउन १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

१९ साउन, चितवन । चितवनका पोल्ट्री व्यावसायी शंकर कँडेल आत्महत्या दुरुत्साहनको मुद्दा लागेपछि भारत भागेका व्यापारी प्रदीप रुंगटालाई पुर्पक्षका लागि थुनामा पठाउने चितवन अदालतले फैसला गरेको छ ।

रुङ्गटा बिहीबार चितवन जिल्ला अदालतमा हाजिर हुन आएका थिए । अनमोल फिड्सका सञ्चालक रहेका कँडेलले गत बैशाख १९ गते कार्यालयमा नै आत्महत्या गरेपछि उनले लेखेको सुसाइड नोटमा कम्पनीका मुख्य सञ्चालक रुङ्गटाले तनाव दिएको उल्लेख थियो । आत्महत्या दुरुत्साहन मुद्धामा कार्बाहीको दबाब पछि रुगंटा भागेर दिल्ली पुगेर लुकेर बसेका थिए ।

सोही आधारमा परिवारले रुङ्गटा र कम्पनीका चार्टर्ड एकाउन्टेन्ट जीवन रावल विरुद्ध किटानी जाहेरी दिए । रावल २२ बैशाखमा बारा सिमराबाट पक्राउ परे । जेठ १९ गते जिल्ला अदालत चितवनले रावललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

फरार भएको तीन महिनापछि जिल्ला अदालत चितवनमा उपस्थित भएका रुङ्गटा धरौटीमा छुट्नेमा निश्चिन्त थिए । उनी निश्चिन्त हुनका पछाडि उनले कँडेल परिवारसँग गरेको समझदारी थियो । पीडित परिवारसँग सहमति गरेकाले अदालतबाट धरौटीमा छुट्ने आशामा अदालत आएका थिए उनी । जब न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश ग¥यो, तब रुङ्गटाबेहोस भएर ढले । उनलाई भरतपुर अस्पतालमा राखेर उपचार गरिएको छ । उनलाई अहिले पनि अस्पतालमै राखिएको छ ।

बयानका क्रममा केही लचिलो हुने र रुङ्गटालाई धरौटीमा छुटाउनका लागि पीडित पक्षका तर्फबाट आवश्यक सहजीकरण गर्ने समझदारी थियो । पीडित पक्ष र रुङ्गटा पक्षको बीचमा एक महिना अगाडि भएको सहमति अनुसार नै उच्च अदालतबाट आत्महत्या दुरूत्साहनको मुद्दा लागेका जीवन रावल धरौटीमा छुटिसकेका छन् ।

एक शेयर सदस्यले दिएको जानकारी अनुसार दुबैपक्ष बीच भएको सहमति अनुसार कँडेलको नाममा रहेको १५ प्रतिशत सबै शेयर रुङ्गटाले किन्ने, क्षतिपूर्ती रकम दिने, भुक्तानी दिन बाँकी पार्टीहरुको रकम दिने, चेक साट्न बाँकी रहेका चेकहरुको म्याद थप गर्ने बाउन्समा नहाल्ने, कँडेलको नामा माछापुच्छ«े बैंकमा रहेको व्यक्तिगत जमानी सकार्ने लगायतका विषयमा प्याकेजमा सहमति भएको थियो ।

पीडित परिवारले पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना माग दाबीसहित मुद्दा दर्ता गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ