चित्तलको सुकुटी सहित दाङमा तीन जना पक्राउ

चित्तलको सुकुटी सहित दाङमा तीन जना पक्राउ

  • सोमवार, साउन १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

साउन १५ दाङ । चित्तलको सुकुटी सहित दाङबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

हिजो साँझ दाङ घोराही उप–महानगरपालिका वडा नं.३ कुईरेपानी जंगल स्थित प्रहरी चौकी गोग्ली दाङबाट प्र.ना.नि.बत्ती कुमार पोख्रेलको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले सडक बाटोमा आवत जावत गर्ने सवारी साधनहरुलाई रोकी चेक जाँच गर्ने क्रममा लमही देखी घोराही तर्फ आउदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र निज संगै रहेको बा ९१ प ११०७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा सोही बा ९१ प ११०७ नम्बरको मोटरसाईकल पछाडी सवार करण के.सी.ले प्लाष्टिकको जेब्रा झोलामा बोकेको सुकुटी नियन्त्रणमा लिएको थियो ।

त्यसपछि प्रहरीले जोख्दा १७ केजी सुकुटी भेटिएको हो । सो सामान बोक्ने नुर बहादुर कुमाल, मनोज थापामगर र करण के.सी.लाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना दाङकै हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ