महिला विश्वकप फुटवलः शक्तिशाली जर्मनी बिरुद्ध कोलम्वीयाको सनसनीपूर्ण जीत

महिला विश्वकप फुटवलः शक्तिशाली जर्मनी बिरुद्ध कोलम्वीयाको सनसनीपूर्ण जीत

  • सोमवार, साउन १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबल प्रतियोगितामा कोलम्बियाले बलियो प्रतिद्वन्द्वी जर्मनीविरुद्ध सनसनीपूर्ण जीत निकालेको छ ।

समूह एच अन्तर्गत आइतबार भएको समूह चरणको खेलमा कोलम्बियाले जर्मनीविरुद्ध २–१ गोल अन्तरले पराजित गरी ईतिहाँस रच्यो । कोलम्बियाको यो जितलाई विश्वकपकै एक उत्कृष्ट खेल भनिएको छ।

अस्ट्रेलियाको एल्लियान्ज स्टेडियमा भएको यो खेलमा जर्मनीविरुद्ध जितपछि कोलम्बियाका समर्थक खुसीले झुमेका थिए । कोलम्बियाका लागि खेलको ५२ औँ मिनेटमा १८ वर्षीया लिन्डा क्याइसेडोले गोल गर्दै अग्रता बनाइन्। जर्मनीविरुद्ध अग्रता दिलाएकी यी १८ वर्षीया किशोरीले यस अघि दक्षिण कोरियाविरुद्ध पनि गोल गरेकी थिइन्।

कोलम्बियाले कर्नर पाएपछि क्याइसेटोले जर्मनीका डिफेन्डरहरुलाई चिर्दै अग्रता दिलाउन सफल भएकी हु्न। तर जर्मनीले आफूलाई खेलमा फर्कायो। खेलको ८९ औँ मिनेटमा एलेक्सजेन्ड्रा पोपले पेनाल्टीबाट गोल गरेपछि खेल बराबरीमा आएको थियो।

तर कोलम्वियाले खेलको अतिरिक्त समयको सातौँ मिनेटमा म्यानुएला भानेगासको गोलबाट जर्मनीविरुद्ध सनसनीपूर्ण जित निकाल्न सफल भयो। जर्मनीको रक्षापंक्तीबाट अनमार्क अवस्थामा रहेकी उनले हेडमार्फत गोल गरेर जित दिलाउन सफल भइन्। जर्मनीले सन् १९९५ यताका विश्वकपमा कहिल्यै समूह चरणका खेलमा हार भोगेको थिएन।

यो जितपछि समूह एचमा कोलम्बिया २ खेलबाट २ जितसहित अंक जोडेर पहिलो स्थानमा छ। उता पराजित जर्मनी २ खेलबाट १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ