एक क्वीन्टल सुन प्रकरणः ठमेलबाट दावा छिरिङ पक्राउ, उनीसँग बेल्जियमको पासपोर्ट पनि फेला पर्यो

एक क्वीन्टल सुन प्रकरणः ठमेलबाट दावा छिरिङ पक्राउ, उनीसँग बेल्जियमको पासपोर्ट पनि फेला पर्यो

  • आइतवार, साउन १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलको होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ। विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बतायो। उनी उक्त होटलका मालिक समेत हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्। उनीसँग बेल्जियमको पासपोर्ट समेत फेला परेको छ । योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ