कोशीमा सात दिन भित्र बहुमतको सरकार नबने, त्यसपछि ठूलो दलको हैसियतमा एमालेको सरकार बन्ने

कोशीमा सात दिन भित्र बहुमतको सरकार नबने, त्यसपछि ठूलो दलको हैसियतमा एमालेको सरकार बन्ने

  • बिहिबार, साउन ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

सर्वोच्च अदालतले कोशी प्रदेशमा ७ दिनभित्र नयाँ सरकार गठन गरिसक्न आदेश दिएको छ। यदी सात दिन भित्र नयाँ सरकार नबने ठूलो दलको हैसियतमा स्वतः एमालेको सरकार बन्नेछ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार यस्तो आदेश दिएको हो।

सर्वोच्चले असार २१ मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर गरेसँगै फेरि एक पटक संविधानको धारा १६८९२० द्वारा सात दिनभित्र नयाँ सरकार बनाइसक्न आदेश दिएको हो।

यो संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा धेरै दलले फेरि एक पटक बहुमत जुटाएर सरकार बनाउने प्रयास गर्नेछन्।

यसअघि थापालाई मुख्यमन्त्री नियुक्तिविरुद्ध एमालेले असार २२ गते रिट हाल्दा उत्प्रेषणको आदेशद्वारा धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश माग गरेको थियो।

तर सर्वोच्चले थापाको नियुक्तिका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई असंवैधानिक ठहर गरेपछि फेरि एक पटक उपधारा २ अनुसार नै सरकार गठनको पहल गर्नुपर्ने भएको छ।

यदि उपाधार २ अनुसार सरकार बनाउन फेरि पनि सम्भव नभए उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले सरकार बनाउने छ। अबको सात दिनमा उपाधारा २ बाट सरकार बनाउन नसकेमा त्यसपछि एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ।

सर्वोच्चको यो आदेशपछि अहिलेका मुख्यमन्त्री थापा कामचलाउमा परिणत भएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ