फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को एसिया छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले आज सार्वजनिक गरेको पहिलो चरणको ड्रमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने तय भएको हो। यो तुलनात्मक रुपमा नेपालको लागि सहज प्रतिद्धन्दी हो । विश्वकप छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन्। टोलीले साउन १६ देखि प्रशिक्षण सुरु गर्ने बताइएको छ।
नेपाल र लाओसबीच अहिलेसम्म ३ खेलमा भेट भएको छ। तीमध्ये २ खेलमा नेपालले जित हात पार्दा १ खेल बराबरीम टुङ्गिएको छ।
नेपालले लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ। पहिलो खेल १२ अक्टोबर र दोस्रो खेल १७ अक्टोबरमा हुनेछ।
फिफा वरीयतामा नेपाल १७५औं र लाओस १८७औं स्थानमा छन्। जित हात पारे नेपाल दोस्रो चरणमा पुग्नेछ। पहिलो चरणमा नेपालसँगै २० देशले प्रतिस्पर्धा गर्दैछन्।
फिफा विश्वकप र एसियन कप छनोटको पहिलो चरण
अफगानिस्तान विरुद्ध मंगोलिया
माल्दिभ्स विरुद्ध बंगलादेश
सिंगापुर विरुद्ध गुआम
यमन विरुद्ध श्रीलंका
म्यानमार विरुद्ध मकाउ
कम्बोडिया विरुद्ध पाकिस्तान
चाइनिज ताइपेइ विरुद्ध इस्ट टिमोर
इन्डोनेसिया विरुद्ध ब्रुनाई
हङकङ विरुद्ध भुटान
नेपाल विरुद्ध लाओस
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ मा ४८ टिमबीच प्रतिस्पर्धा हुने तय छ।एसियन कप २०२७ मा २४ टिमबीच भिडन्त हुनेछ।
फिफा विश्वकप २०२६ मा एसियाका लागि ८ टिमको कोटा छ। यस्तै एसियाका एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछन्। प्लेअफ जितेको अवस्थामा २०२६ मा एसियाबाट ९ टिमले विश्वकपमा भाग लिन सक्नेछन्।
पहिलो राउन्डमा २० टिम सहभागी हुने भएका छन्। जसमा एएफसीको वरीयतामा रहेका २७ देखि ४६ औं स्थानका टिम हुनेछन्। २० टिममध्ये दुई–दुई टिम एकआपसमा भिड्नेछन्। १० विजेता दोस्रो राउन्डमा पुग्नेछन्। एएफसीका अनुसार पहिलो राउन्ड अक्टोबर २०२३ मा हुनेछ।
दोस्रो राउन्डमा १ देखि २६ औं वरीयताका टिम तथा पहिलो चरणबाट छनोट भएका १० टिम गरी ३६ टिमबीच प्रतिस्पर्धा हुनेछ। ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ। एक समूहमा चार टिम हुनेछन्। होम एन्ड अवेका आधारमा समूहको प्रतिस्पर्धा हुनेछ। ९ समूहको विजेता र उपविजेता गरी १८ टिम एएफसी एसियन कपमा पुग्नेछन् भने फिफा विश्वकप छनोटको तेस्रो राउन्डमा पुग्नेछन्। दोस्रो राउन्ड मार्च २०२४ मा हुनेछ।
१८ टिमबीच तेस्रो चरणमा फिफा विश्वकप २०२६ का लागि प्रतिस्पर्धा हुनेछ। १८ टिमलाई तीन समूहमा विभाजन गरिनेछ। एक समूहमा ६ टिम हुनेछन्। टिमहरू होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछन्। तीन समूहका विजेता र उपविजेता गरी ६ टिम फिफा विश्वकप २०२६ का लागि छनोट हुनेछन्।
एसियन क्वालिफायरका तीन समूहका तेस्रो र चौथो स्थानमा रहेका ६ टिम प्लेअफमा रहनेछन्। ६ टिमलाई तीन–तीन टोलीको दुई समूहमा विभाजन गरी सिंगल राउण्ड रोबिन ढाँचामा प्रतिस्पर्धा गरिनेछ। दुई समूहका शीर्ष दुई टिम फिफा विश्वकप २०२६ मा पुग्नेछन्। यसरी आठ टिम एसियाबाट विश्वकपमा पुग्नेछन्। दुई समूहमा दोस्रो स्थानमा रहेका दुई टिमले इन्टरकन्टिनेन्टल प्लेअफका लागि भिड्नेछन्।
दोस्रो राउन्डको समूह विजेता र उपविजेता गरी १८ टिम एसियन कप २०२७ मा स्वतः छनोट हुनेछन्। बाँकी ६ स्थानका लागि एसियन कप छनोट हुनेछ। यो विश्वकप र एशियाकपको तयारी गर्न नेपालका राष्ट्रिय टोलिका प्रशिक्षक