अमेरीकालाई पराजित गर्ने अवसर गुमायो नेदरल्याण्डसले

अमेरीकालाई पराजित गर्ने अवसर गुमायो नेदरल्याण्डसले

  • बिहिबार, साउन ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

गत संस्करणका विजेता अमेरिका र उपविजेता नेदरल्यान्ड्सले फिफा महिला विश्वकपमा बराबरी खेलेका छन्। आजको खेलमा शुरुवाती अग्रता लिएको नेदरल्याण्डस्ले त्यसलाई रक्षा गर्न नसक्दा जित्ने सुनौलो अवसर गुमाएको छ ।
सन् २०१९ को विश्वकप फाइनलमा अमेरिकाले नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो। न्युजिल्यान्डको वेलिंग्टन रिजनल स्टेडियममा बिहीबार भएको खेलमा अमेरिका र नेदरल्यान्ड्स्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको १७औं मिनेटमा जिल रुर्डले गोल गर्दै डच टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। जिलले पेलोभाको पासमा गोल गरेकी थिइन्।

खेलको पहिलो हाफमा १–० ले पछि परेको अमेरिका दोस्रो हाफमा खेलमा फर्किएको थियो।

खेलको ६२औं मिनेटमा लिन्डर्स होरानको गोलमा अमेरिकाले बराबरी गोल फर्काएको थियो।

बराबरीसँगै दुई खेलमा एकमा जित र एक खेलमा हार भोगेको अमेरिका ४ अंकमा समूह ई को शीर्ष स्थानमा छ। समान खेलबाट ४ अंक भएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ