आयोजक न्युजिल्याण्ड बिरुद्ध फिलिपिन्सको ऐतिहासिक जीत

आयोजक न्युजिल्याण्ड बिरुद्ध फिलिपिन्सको ऐतिहासिक जीत

  • मङ्लबार, साउन ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

जारी महिला विश्वकप फुटबल प्रतियोगितामा आयोजक न्युजिल्यान्डलाई फिलिपिन्सले स्तब्ध बनाएको छ। वेलिङ्टनमा मंगलबार भएको खेलमा फिलिपिन्ससँग १–० गोलले हारेसँगै न्युजिल्यान्डले नकआउट चरणमा पुग्ने संभावना कमजोर बनेको छ ।

फिलिपिन्सका लागि यो ऐतिहासिक जित पनि हो। यो प्रतियोगितामा फिलिपिन्सबाट ८ खेलाडीले डेब्यु गरेका थिए। सह–आयोजक न्युजिल्यान्डले पहिलो खेलमा नर्वेलाई पराजित गरेको थियो। यस्तोमा फिलिपिन्सलाई आज हराएको भए एक खेलअगावै न्युजिल्यान्ड नकआउट चरणमा पुग्ने थियो।

फिलिपिन्सको सनसनीपूर्ण जितमा सरिना बोल्डेन निर्णायक बनिन्। महिला विश्व कपमा देशका लागि पहिलो गोल गर्ने क्रममा उनले सारा एगेसविकको क्रस बललाई २४ औँ मिनेटमा जाली चुमाएकी थिइन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ