बालुवाटार जग्गा प्रकरणमा दुई नक्कली मोही ललितपुरबाट पक्राउ

बालुवाटार जग्गा प्रकरणमा दुई नक्कली मोही ललितपुरबाट पक्राउ

  • सोमवार, साउन ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

साउन ८ काठमाण्डौँ । बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज ललितपुरबाट दुई जना नक्कली मोहीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कुपण्डोलका सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

यो सँगै ललिता निवासको सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा बनाउने २२ जना पक्राउ परेका हुन्। यी मध्ये सचिव कृष्णबहादुर राउत मात्रै हिरासत बाहिर छन्। २१ जनालाई थुनामा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ।

भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङसहित मालपोतका पूर्व कर्मचारी, समर्जङ कम्पनीका पूर्व कर्मचारी र विचौलियाहरु छन्।

धर्मप्रसाद गौतम, सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमन कुमार कार्की, बाबुराजा महर्जन, रमेशकुमार पोखरेल, देवनारायण महर्जन, लोकहरि घिमिरे, धुर्वप्रसाद अर्याल, नारायण राज मिश्र, योगराज पौडेल, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोदप्रसाद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ र सिपिका खेतान पनि हिरासतमा छन्।

सीआईबीले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सीआईबीले असार १२ गतेदेखि पक्राउ गर्न र अनुसन्धान गर्न थालेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ