भारतमाथि शानदार जीत निकाल्दै पाकिस्तानले उचाल्यो एसीसी ईमर्जिङ कप क्रिकेटको उपाधी

भारतमाथि शानदार जीत निकाल्दै पाकिस्तानले उचाल्यो एसीसी ईमर्जिङ कप क्रिकेटको उपाधी

  • सोमवार, साउन ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

भारतमाथि शानदार जीत निकाल्दै पाकिस्तानले श्रीलंकामा जारी एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। फाईनलमा सनसनीपूर्ण खेल प्रदर्शन गरेको पाकिस्तानले भारतमाथि १२८ रनको बिशाल अन्तरले पराजित गर्यो । पाकिस्तानले दिएको ३५३ रनको चूनौती पछ्याएको भारत २२४ रनमै अलआउट भएको थियो । यो सँगै समुह चरणमा हारेको बदला समेत पाकिस्तानले लियो ।

पाकिस्तानलाई उपाधि जिताउने क्रममा तैय्यब ताहिरले ७१ बलमा १ सय ८ रनको सानदार पारी खेले। जवाफी ब्याटिङमा उत्रिएको भारतका लागि सर्वाधिक ६१ रन अभिषेक शर्माले बनाए। त्यसैगरी, यश धुलले ३९ रन जोडे। साइ सुदर्शनको नाममा २९ रन रह्यो।

पाकिस्तानलाई जिताउने क्रममा सुफियान मुकिमले ३, मोहम्मद वासिमले २, मेहरन मुम्ताजले २ र अर्साद इकबालले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो स्कोर ३५२ मा पुर्‍याएको थियो।

नेपाल भारत र पाकिस्तान आगामी सेप्टेम्बरमा एशिया कपमा पुनः भीड्ने छन् । नेपाल भने दुबै देशसँग समुह चरणमा यो प्रतियोगीतामा पराजित भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ