स्वर्गीय पत्रकार सर्राफका परिवारलाई बीरगञ्ज महानगरको सहयोग

स्वर्गीय पत्रकार सर्राफका परिवारलाई बीरगञ्ज महानगरको सहयोग

  • शुक्रबार, साउन ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

बिरगंज ५ असार । युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगञ्ज महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । सर्राफकी छोरी श्रेया सर्राफको पठनपाठन तथा भरण पोषणका निमित्त वीरगञ्ज महानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

सोका निमित्त आज सर्राफकी छोरी श्रेयालाई जनता समाजवादी पार्टी नेपाल ९जसपा० का प्रमुख सचेतक एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख ९मेयर० राजेशमान सिंहले पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।

महानगरका मेयर सिंहको कार्यकक्षमा बोलाएर श्रेया र सर्राफकी श्रीमती पूजाकुमार साहलाई चेक हस्तान्तरण गरिएको थियो ।

चेक हस्तान्तरण गर्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका सांसद यादवले आगामी दिनमा पनि स्वर्गीय पत्रकार सर्राफको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सर्राफ एक होनहार तथा इमानदार पत्रकार रहेको बताउँदै यादवले उनको विरासतलाई अन्य सञ्चारकर्मीहरूले निरन्तरता अगाडि बढाउनु पर्नेमा जोड दिए ।

त्यस्तै वीरगञ्जका मेयर सिंहले सर्राफको निधन पश्चात् उनको परिवार बिचल्लीमा पर्न नदिन आफूले हरेक सम्भव प्रयास जारी राखेको बताए । सोही प्रयास स्वरूप आज पाँच लाख रुपैयाँ उपलब्ध गराइएको र आगामी दिनमा आवश्यक परे थप सहयोग गर्ने उनले पनि प्रतिबद्धता व्यक्त गरे ।

पत्रकार सर्राफको गत वर्ष मङ्सिर १५ गते हृदयाघातका कारण निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ