युएई बिरुद्ध नेपालको सान्त्वना जीत, कुसल भूर्तेलको उत्कृष्ट प्रदर्शन

युएई बिरुद्ध नेपालको सान्त्वना जीत, कुसल भूर्तेलको उत्कृष्ट प्रदर्शन

  • बुधबार, साउन ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

कुशल भुर्तेलको उत्कृष्ट अलराउन्डर प्रदर्शनमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा सान्त्वना जित हात पारेको छ।
समूहको अन्तिम खेलमा बुधबार नेपालले यूएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएईले दिएको १५८ रनको सामान्य लक्ष्य नेपालले ७ विकेटको क्षतिमा २३ औं ओभरमा पूरा गर्यो।

नेपालको जितमा कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरे। बलिङतर्फ ६ विकेट लिएका कुशलले नेपालका तर्फबाट सर्वाधिक ७१ रन समेत जोडे।
यसअघि भारत ए सँग ९ विकेटले पराजित भएको नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएसँगै अघिल्लो चरणको सम्भावना सकिएको थियो। यो समूहमा नेपालसँग पराजित भएसँगै यूएई भने जितविहीन हुँदै घर फर्किएको छ।
४३ बलको सामना गरेका कुशलले ९ चौका र ४ छक्काको मद्दतमा ७१ रनको पारि खेले। ३८ बलको सामना गरेका देव खनालले ४ चौकाको मद्दतमा २४ रन जोड्दा सन्दीप जोर पनि २४ रनमै आउट भए। सन्दीपले १५ बलको सामना गर्दा १ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले ११ रन जोड्दा कप्तान रोहित पौडेल ९ रनमै आउट भए। ओपनर अर्जुन साउद गोल्डेन डकआउट हुँदा पवन शर्राफ पनि शून्यमै पेबेलियन फर्किए।
कुशल मल्ल २ नटआउट रहँदा प्रतिश जिसी ८ रनमा अविजित रहे।
युएईका लागि मुहम्मद फराजुदिनले ५ विकेट र मुहम्मद जावदुल्लाहले २ विकेट लिए।
त्यसअघि कोलोम्बोस्थित पि सारा ओभलमा यूएई ‘ए’ले टस जितेर ब्याटिङ गर्दै ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो।

यूएईका लागि ओपनर भप्रित सिंहले ८२ बलमा ५२ रनको सर्वाधिक पारी खेले। अन्य कुनै पनि खेलाडीको प्रदर्शन सम्झनलायक रहेन।
कुशल भुर्तेलले यूएईका तेस्रोक्रमदेखि आठौं क्रमका खेलाडीहरुलाई लगातार ओभरमा पबेलियन फर्काए। उनले इथान डिसुजालाई २३।६ ओभरमा २५ बलमा १८ रन बनाएको अवस्थामा एलबीडब्लुमा पारे।
त्यसपछि ओपनर लभप्रित सिंहलाई ८२ बलमा ५२ रन बनाएको अवस्थामा २५।५ ओभरमा आउट गराए।

उनले आश्वान्थ भलथापालाई ३३।३ ओभरमा ३२ बलमा १६ रन बनाउँदा आउट गराए। त्सैगरी फहाद नवाजलाई पनि कुशलले २७.५ ओभरमा ६ बलमा ४ रन बनाउँदा क्रिजबाट हटाए।

कुशलले नै कप्तान अलि नासिरलाई २९।४ ओभरमा ५ बलमा १ रन जोड्दा पबेलियन फर्काए।

त्यसैगरी उनैले मोहम्मद फहराउद्धिनलाई १२ बलमा ४ रन बनाउँदा फिर्ता पठाए।

नेपालका लागि श्याम मौसम ढकालले २, पवन सर्राफ र कुशल मल्लले १र१ विकेट लिन सफल भए।

नेपालले आगामी एशिया कपमा भीडुनु अघि भारत र पाकिस्तानी टोलीसँग समेत खेल्ने अवसर पायो । दुबै टिमसँग नेपाल पराजित रहेको थियो । यो प्रतियोगीताले नेपाललाई आगामी एशिया कपको लागि अनुभव बटुल्ने अवसर बनेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ