काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित सुश्री भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर चलाएको छ ।
आज बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर लगाएर भत्काएको हो । घलेले आफ्नो सबै सम्पति सदनको नाममा राखेर समाजसेवा गर्दै आएकी छन् ।
सेवा सदन महानगरको भित्री सडकमा पर्ने भएता पनि सरकारी जग्गा मिचेर बनाइएको महानगरको दाबी छ । तर ८६ वर्षीया घलेले भने जग्गा आफ्नो नाउमा रहेको र लालपूर्जा समेत भएको बताउँदै आएकी छन् ।
सो सदनमा पुस्तकालय, संग्रहालय, आर्ट ग्यालरी, वाचनालयका साथै विद्यालय पनि छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline