साउन ४ काठमाण्डौँ । श्रीलंकामा जारी एसीसी ईमर्जिङ कपका समुह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १५७ रनमा अलआउट गरेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले युएईलाई धराशायी पार्ने क्रममा कुसल भुर्तेल एक्लैले ६ विकेट लिए ।
मौसम ढकालले २ विकेट लिँदा पवन सर्राफ र कुसल मल्ले एक एक विकेट लिए । कुसलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए ।
युएईले ४४ ओभर खेलेर १५७ रन जोड्ने क्रममा लभप्रित सिंहले ५२ रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।
नेपालले अब १५८ रनको सामान्य लक्ष्य पूरा गर्न जवाफी ब्याटीङ थाल्नेछ ।
नेपाल र युएई प्रतियोगीताबाट बाहिरीसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline