काठमाडौं । काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन् । सुन पसलमा शंकास्पद वस्तु राखेर त्रास फैलाएको आरोपमा प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई पक्राउ गरेको छ ।
सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी सुनचाँदी पसलको सटर अगाडि बुधबार बिहान शंकास्पद वस्तु फेला परेको थियो । सेनाले उक्त शंकास्पद बस्तु निष्क्रिय पारेको छ । शंकास्पद वस्तुसँगै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा भेटिएको छ ।
पसलका सञ्चालकलाई बुधबार बिहान नचिनेको नम्बरबाट फोन गरेर पैसा मागिएको थियो । त्यसपछि उनको पसलअगाडि शंकास्पद वस्तु राखिएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline