रचना र सुरेशको स्वरमा रहेको ‘आउ तिमी अँगालोमा’ सार्वजनिक ( भिडियो )

रचना र सुरेशको स्वरमा रहेको ‘आउ तिमी अँगालोमा’ सार्वजनिक ( भिडियो )

  • बुधबार, साउन ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं – अमेरिका निवासी गीतकार डा. चन्द्र गिरीको प्रेमिल शब्दमा रहेको  ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको यस गीतमा गायक सुरेश लामा र गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ।

गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा रहेको भिडियोमा स्वयम् निर्देशक विष्ट र अनिषा ओलीको मुख्य अभिनय रहेको छ। भिडियोमा गीतकार डा. चन्द्र गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिनलाई पनि अतिथि कलाकारको रुपमा देख्न सकिन्छ। भिडियोमा दिनेश पराजुलीको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ।

गीत रचना सँगसँगै नियात्रा, कथा, कविता लगायत साहित्यका अन्य विधामा समेत निरन्तर कलम चलाईरहेका डा. चन्द्र गिरीको आत्मकथा ‘मैले नदेखेको सपना’ हालै मात्र प्रकाशन भएको छ। डा. गिरीका हालसम्म लगभग २ दर्जन गीत रेकर्ड भैसकेका छन् भने १ दर्जनजति म्युजिक भिडियो समेत बजारमा आएका छन्। नयाँ म्युजिक भिडियो गीतकार गिरीकै अफिसिएल युट्युब च्यानल ‘रुपान्तर म्युजिक’ मार्फत सार्वजनिक भएको छ। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी