अविरल वर्षापछि आएको पहिरोका कारण देशका विभिन्न सडक अवरुद्ध, पूर्वी तराई डुबानमा

अविरल वर्षापछि आएको पहिरोका कारण देशका विभिन्न सडक अवरुद्ध, पूर्वी तराई डुबानमा

  • सोमवार, साउन १, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा सडक मार्गहरु अवरुद्ध भएका छन् ।

सडक विभागका अनुसार अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध भएका छन् भने १५ वटा सडक एकतर्फी सञ्चालनमा रहेका छन् ।
केचना–चन्द्रगढी,चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको सडक विभागले जनाएको छ ।

यस्तै,चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने तमोर करिडोरको सडक पनि पाँचथर माझीटारस्थित हेवा खोलामा अवरूद्ध छ ।

त्यसैगरी तानसेन–रिडी–कोरला,डुम्रे–बेशीसहर–चामे,कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले,कर्णाली राजमार्गको दैलेखस्थित जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु लगायतका विभिन्न राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ ।

अविरल वर्षाको कारण पूर्वी तराई डुबानमा

अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ । मोरङ प्रहरीले विराटनगर लगायतका कतिपय स्थानका बस्तीमा खोला पसेकाले ठुलो क्षति नभएपनि मानिसहरू प्रभावित बनेको जनाएको छ ।

विराटनगरस्थित सिंघीया खोलाको बाढी विराटनगर १, २ र ८ नम्बर वडाको सुकुम्वासी बस्तीमा पसेको छ । जसका कारण त्यस क्षेत्रको अधिकांश स्थान डुबानमा परेको छ । बाढी बस्तीमा पस्दा विराटनगर १ गङ्गा टोल र विराटनगर २ को सुकुम्वासी बस्तीको एक दर्जन बढी घर परिवार विस्थापित भएका छन् ।

यस्तै, विराटनगर ८ स्थित बालगोपाल टोलमा मात्र सुकुम्वासी बस्तीमा खोलाको बाढी पस्दा एक दर्जन घर डुबानमा परेको विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । बाढी पसेको घरपरिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा सारीएको छ । विराटनगरको ६, ७, ८, ११, १२, १५, १६ र १९ नम्बर वडाका घरहरू पनि जलमग्न भएका छन् ।

बाढीबाट प्रभावित बनेकाहरूको प्रहरीले उद्धार गरेको छ । यस्तै,कटहरी र जहदा गाउँपालिकाभित्र एक दर्जन बढी घरहरूमा डुबानमा परेको मोरङ प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी