एनभीए भलिबल लिगको फाइनल खेल आज, पुलिस क्लब र हेल्प नेपाल भिड्दै

एनभीए भलिबल लिगको फाइनल खेल आज, पुलिस क्लब र हेल्प नेपाल भिड्दै

  • शनिबार, असार ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

असार ३०, काठमाडौं । राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल लिगको फाइनलमा आज पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल भिड्दै छन् ।

उपाधिका लागि महिलातर्फ दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

शुक्रबार भएको खेलमा महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स एकेडेमी नेपाल पुलिससँग पराजित भएपछि एपीएफ फाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको खेलमा यसअघि नै फाइनलमा पुगिसकेको पुलिसले न्यु डायमण्डलाई सोझो सेटमा हरायो । पुलिस ५ खेलमा १५ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपाल एपीएफ क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ दोस्रो स्थानमा रहन सफल भयो ।

यस्तै,पुरुषतर्फ शुक्रबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपाल फाइनलमा पुगेको हो । हेल्प नेपाल ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ शीर्ष स्थानमा रह्यो । पुलिस ६ खेलमा ५ मा जित र १ मा हारकासाथ १५ अंकसहित दोस्रो स्थानमा रह्यो ।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ