खिम्ती जलविद्युत आयोजनाका प्राविधिक कार्की खोलामा खसेर बेपत्ता

खिम्ती जलविद्युत आयोजनाका प्राविधिक कार्की खोलामा खसेर बेपत्ता

  • शुक्रबार, असार २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

असार २९, दाेलखा । निर्माणाधीन खिम्ती- जलविद्युत आयोजनाका एक प्रवाधिक काम गर्ने क्रममा आज खाेलामा खसेर बेपत्ता भएका छन् ।
जिरी नगरपालिका- ४ का कुशल कार्की ४८ दशमलव ८० मेगावाट क्षमताकाे आयोजनाको हेडवर्क्समा काम गर्ने क्रममा आज दिउँसो बाेक्सेकाे भीरबाट चिप्लिएर नदीमा खसेका थिए ।

इलाका प्रहरी कार्यालय जिरीका अनुसार सव ओभरसियरको रुपमा काम गरेका कार्कीको खोजी भइरहेको छ ।
निरन्तरकाे वर्षाका कारण खिम्ती खाेलाकाे बहाव अत्यधिक बढ्दा खाेजी कार्यमा कठिनाइ भइरहेकाे प्रहरीले जनाएको छ । उक्त आयोजना दाेलखा र रामेछापको सीमा रहेकाे खिम्ती खाेलामा निर्माणाधीन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ