बैतडीमा हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु, अर्का एक गम्भीर

बैतडीमा हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु, अर्का एक गम्भीर

  • शुक्रबार, असार २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

असार २९, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–६ मुडेलीधारमा हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु भएको छ । अर्का ८ वर्षीय नाती भने गम्भीर घाइते भएका छन्।

आमा र हजुरआमा घाँस काट्न गएको बेला बिहीबार दिउँसो हेरचाहाका क्रममा ५० वर्षीय गणेश साउँदले दुई वर्षीय आफ्नै नाती रेसम साउँद र ८ वर्षीय रिजन साउँदलाई कुटेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका दुई वर्षीय रेसमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का उनका दाजु ८ वर्षीय रिजनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । रिजनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।

कुटपीट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ