चितवनको जुगेडीमा बस दुर्घटना हुदा १९ जना घाइते

चितवनको जुगेडीमा बस दुर्घटना हुदा १९ जना घाइते

  • शुक्रबार, असार २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

चितवन — नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ जुगेडी दासढुंगा नजिक यात्रु बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस शुक्रबार बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी भरतपुरको सरकारी अस्पतालमा चालकसहित आठ जनाको उपचार भइरहेको छ । काठमाडौं गए पनि उनको अवस्था सामान्य रहेको डिएसपी पण्डितले बताए । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम छ । अरू सामान्य रहेको डिएसपी पण्डितले बताए ।

बस आफैं अनियन्त्रित भएर सडकबाट १० मिटर जति तल खसेको पण्डितले जानकारी दिए । सडकबाट खसेको बस रूखमा अड्केको थियो । बसमा ४० जना यात्रु थिए । अरूलाई खासै केही नभएको डिएसपी पण्डितले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ