झापा धुलाबारीको सानो साथी मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर छात्रको मृत्यु, सञ्चालक पक्राउ

झापा धुलाबारीको सानो साथी मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर छात्रको मृत्यु, सञ्चालक पक्राउ

  • मङ्लबार, असार २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

असार २६, झापा । झापाको धुलाबारीमा अवस्थित एक विद्यालयको सेफ्टी ट्यांकीमा डुबेर घाइते भएका एक छात्रको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० धुलाबारीका मेरिना लिम्बुका ८ वर्षीय छोरा तान्छोक लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरु तिम्सिनाका अनुसार बालक लिम्बुको आज बिहान साढे १० बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लिम्बु धुलाबारीको सानो साथी नामक मन्टेश्वरीमा अध्ययनरत थिए।

खाजा खाएर शौचालय जाँदा छात्रा लिम्बु सोही विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा सोमबार दिउँसो २ बजे खसेका थिए। उनलाई तत्काल उद्धार गरी अचेत अवस्थामा उपचारका लागि हस्पिटल पुर्‍याएको थियो।

२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना नानीहरू अध्ययनरत छन्। पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन्। घटना भए लगतै इलाका प्रहरी कार्यालय धुलाबारीले मन्टेश्वरीका सञ्चालक गुरुङलाई नियन्त्रणमा लिइसकेको जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ