भारतले धौलीगंगा बाँध खोल्दा महाकालीमा कटान सुरू, स्थानीयहरु त्रसित

भारतले धौलीगंगा बाँध खोल्दा महाकालीमा कटान सुरू, स्थानीयहरु त्रसित

  • मङ्लबार, असार २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

असार २६, दार्चुला । भारतले धौलीगंगा जलविद्युत् परियोजना बाँध खोल्दा महाकाली तटीय क्षेत्रमा कटान सुरु गरेको छ ।

उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको उक्त जलविद्युत् परियोजना बाँध खोल्दा महाकालीमा पानीके बहाव बढेपछि नेपाल–भारतका तटीय क्षेत्रमा बिहानैबाट कटान सुरु गरेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

२८० मेगावाट क्षेत्रको जलविद्युत् परियोजनाको बाँधको सिल्ट सफाइ कार्यका लागि बाँधका ढोकाहरु खोलिएपछि नदी तटीय क्षेत्रमा कटान सुरु भएको हो । बिहान ५ बजेबाट बाँधका ढोकाहरु खोलिएका छन् । दार्चुला सदरमुकाम आसपास महाकाली नदीमा साढे ६ बजेबाट पानीको सतह बढेको दार्चुला प्रहरीका डिएसपी तर्कराज पाण्डेले बताए ।

स्थानीयका अनुसार महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ श्रीबगरको बस्तीमुनिबाट नदीले कटान गर्न थालेको छ । खेतका किनार काट्न थालेको स्थानीयले बताएका छन् ।

त्यस्तै, लास्कु खोला किनारमा पनि महाकालीले कटान गरेको छ । लास्कु खोला पारिपट्टी भारततर्फको खोतिला बस्तीमा कटान गरिरहेको छ । जिल्ला क्षेत्रहरुमा पनि नदीमा बहाब बढ्दा कटान गर्न थालेको छ । तटबन्ध निर्माण नभएको क्षेत्रमा कटान गरिएको स्थानीयले बताएका छन् ।

सदरमुकामको रिङ्नेताल क्षेत्र नजिक नेपालतर्फको तटबन्धको माथिल्लो भागमा महाकाली उर्लने प्रयास गरिरहेको छ । उक्त क्षेत्रमा भारतले नेपालभन्दा अग्लो तटबन्ध निर्माण भएको नदीको बहाब नेपालतर्फ मोडिएकाले नदीमा पानीको बहाव अझ बढे तटबन्ध माथि पानी पुग्ने सम्भावना रहेको छ ।

आइतबार परियोजना जिल्ला प्रशासन कार्यालयलाई पठाएको जानकारी पत्रमा मंगलबारका दिन बिहान ५ बजेदेखि राति ८ बजेसम्मका लागि बाँधका ढोकाहरु खोलिने जनाएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाब बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।

जिल्लाको ब्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आग्रह गरेको हो ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी