योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता

  • मङ्लबार, असार २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

२६ असार, काठमाडौँ । चीनमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच वेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।

उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडीआरसीका बीचमा सन् २०१८ ÷ २०१९ मा भएका सम्झौताहरू अनुसारका कार्यक्रमहरू मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यस क्रममा नेपाल र चीन सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा विस्तृत रूपमा छलफल भएको थियो ।

नेपाल आगामी १६औँ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडीआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो । एनडीआरसी उपाध्यक्ष डा। श्रेष्ठले (एनडीआरसी) का उपाध्यक्ष लियाङलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।
निमन्त्रणा दिएका छन् ।

पहिले राज्य योजना आयोग ९स्टेट प्लानिङ कमिसन० को रूपमा रहेको यस चिनिया संस्था हाल ९एनडीआरसी० को रूपमा चिनिन्छ । यसै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० हाल कार्यान्वयनको चरणमा

त्यसैगरी आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सीआईडीसीए)का उप मन्त्री डेङ बोगिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ ।

चीनको राजधानी वेइजिङमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’ सम्बन्धी पहिलो उच्च स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाको रूपमा रहेको उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी कामहरू हेर्ने निकाय हो ।

उक्त भेटवार्ताका क्रममा दुई पक्षबीचमा चीन सरकारद्वारा नेपाललाई घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगति सम्बन्धमा छलफल भएको थियो । साथै पहिले समझदारी गरिएका प्रमुख कनेक्टिभिटीसँग सम्बन्धित आयोजनाहरूलाई छिटो अघि बढाउनका लागि दुवैतर्फबाट गर्नुपर्ने पूर्वतयारीका कार्यहरू बेलैमा सम्पन्न गर्ने बारेमा छलफल भएको थियो ।

यी दुवै भेटवार्तामा चीनका लागि नेपाली पक्षबाट राजदूत विष्णुपुकार श्रेष्ठ लगायत दूतावासका उच्च अधिकारीहरू र नेपाली प्रतिनिधिमण्डलका सदस्य र चिन सरकारका उच्च अधिकारीहरू सहभागी थिए । आयोग उपाध्यक्षले चिनियाँ उपराष्ट्रपति हाङ चेफ्सँग पनि आजै भेटवार्ता गर्ने कार्यातालिका छन । उनी भेआजै राति स्वदेश फर्कने कार्यक्रम समेत छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ