काठमाडौं, २६ असार । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।
उत्तराखण्डको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको आयोजनाको बाँध आज बिहान खोलिएको हो ।
बाँध खालेपछि महाकाली नदीमा जलस्तर बढेको छ भने नदीमा माटो मिसिएको धमिलो पानी बगिरहेको छ ।
आयोजनाले आज बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँधका ढोकाहरु खोलिने जानकारी गराएपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बस्तीहरुमा सतर्कता अपनाउन सोमबारनै सूचना जारी गरेको थियो ।
भारत, उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर हुदै भारततर्फ बग्ने महाकाली नदीमा जलस्तर बढ्ने छ । त्यसबाट आसपासका क्षेत्रमा बाढी आउन सक्ने र डुबान हुनसक्ने भएकाले पूर्व सतर्कता अपनाउन भनिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline