इन्जिनियर कुटपिट गर्ने पुर्व एमाले सांसद परियार पक्राउ

इन्जिनियर कुटपिट गर्ने पुर्व एमाले सांसद परियार पक्राउ

  • मङ्लबार, असार २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

असार, सुर्खेत । पूर्वाधार विकास कार्यालयका इन्जिनियरलाई कुटपिट गरेपछि पूर्वसांसद दानसिह परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परियारसँगै छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावल पनि पक्राउ गरेका छन् ।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दत्त बुढथापालाई शनिबार परियार र रावलले कुटपिट गरेपछि उनीहरू दुवै जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार उनीहरुविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो । शनिबार अपरान्ह साढे ४ बजेतिर आफ्नो कार्यकक्षमा बुढथापा काम गरिरहेका बेला परियार र रावल कार्यालयमै पुगेर कुटपिट गरेका थिए । उनीहरुले काम गरेको भन्दा बढी भुक्तानी नदिएको भनेर कार्यालय प्रमुखमाथि कुटपिट गरेका बताइएको छ ।

पूर्वसांसद परियार र रावललाई प्रहरीले नियन्त्रणमा लिएपछि एमालेले विरोध जनाएको छ । पक्राउ परेको विरोधमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ