पहिरोले फेरि अवरुद्ध भयो मुग्लिन नारायणगढ सडक

पहिरोले फेरि अवरुद्ध भयो मुग्लिन नारायणगढ सडक

  • सोमवार, असार २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

असार २५, चितवन । सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक खण्डमा सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला नजिकै आज दिउँसो पौने २ बजेतिर सुख्खा पहिरो खस्न थालेको हो ।

सडकको पहिरो हटाउन मुग्लिनबाट प्रहरी टोली अहिले घटनास्थलमा पुगेको बताइएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी रामेश्वर कार्कीका अनुसार सडक डिभिजन भरतपुरसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको छ ।

मुग्लिन नारायणगढ सडक खण्डका विभिन्न स्थानमा बारम्बार पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ । पछिल्लो शनिबार दिउँसो पनि पहिरोले सडक अवरुद्ध हुँदा आइतबार बिहान मात्रै सडक खुलाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ