कार्लो एन्सेलोटी ब्राजिलको प्रमुख प्रशिक्षक बन्ने

कार्लो एन्सेलोटी ब्राजिलको प्रमुख प्रशिक्षक बन्ने

  • बुधबार, असार २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

२० असार, काठमाडौं । ब्राजिलको मुख्य प्रशिक्षकको जिम्मेवारी कार्लो एन्सेलोटीले सम्हाल्नेभएका छन् । उनले २०२४ को कोपा अमेरिकाका लागि ब्राजिलको प्रशिक्षण सम्हाल्ने छन् ।

रियल मड्रिडसँगको सम्झौता यही वर्ष अथात् सन् २०२३ मा पूरा गरेर उनले ब्राजिलको जिम्मेवारी लिने भएका हुन् ।

६४ वर्षीय प्रशिक्षक एन्सेलोटीले करिअरमा पहिलो पटक कुनै राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न लागेका हुन् । यसअघि उनी एक पटक इटालीको राष्ट्रिय टिममा एरिगो साचीको सहायक प्रशिक्षकको भूमिकामा थिए ।

फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलमा क्रोयसियासँग पराजित हुँदै बाहिरिएपछि टिम छाडेका टेटेको स्थान एन्सेलोटीले लिने छन् ।

एन्सेलोटीले जिम्मेवारी लिँदासम्मलाई ब्राजिलले फ्लुमिनेसका मुख्य प्रशिक्षका फर्नान्डो डिनिजलाई अन्तरिम प्रशिक्षक बनाएको छ ।

डिनिज क्लबमै रहने छन् र फिफाका खेल भएका बेलामा राष्ट्रिय टिममा जाने छन् ।

एन्सेलोटीले भने २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

इटालियन प्रशिक्षक एन्सेलोटीले विनियस जुनियर, नेइमार जुनियर, रोड्रिगो, एडर मिलिटाओसँग पुन भेट्नेछन् ।

एसी मिलानमा खेलाडी रहेका एन्सेलोटीले रियल मड्रिड, चेल्सी एफसी, पेरिस सेन्ट जर्मन ९पीएसजी० जस्ता सफल क्लबको प्रशिक्षण गराइसकेका छन् ।

उनले दुई सफल कार्यकालपछि रियल मड्रिड छोड्नेछन् । उनले आफ्नो कार्यकालमा लालिगा, यूईएफए च्याम्पियन्स लिग, कोपा डेल रे, फिफा क्लब विश्वकप र अन्य महत्वपूर्ण उपाधि जितेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ