बाढी पहिरोले ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ वटा सडक एकतर्फी सञ्चालन

बाढी पहिरोले ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ वटा सडक एकतर्फी सञ्चालन

  • बुधबार, असार २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

२० असार, काठमाडौं । निरन्तर परिरहेको वर्षाका कारण आएको बाढी पहिरोले तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।

विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् ।

मेची राजमार्ग अन्तर्गतको केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम,गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ ।

यसैगरी तमोर करिडोर अन्तर्गत चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेश चोक खण्ड पनि अवरुद्ध छ ।

यस्तै कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ ।

एकतर्फी सन्चालनमा रहेका सडकहरुमा तानसेन-रिडी-कोरला र डुम्रे-बेशीसहर-चामे सडक खण्ड एकतर्फी चालु छन् ।

यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा खण्ड पनि एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ ।

हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सन्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडकखण्ड अवरुद्ध भएको विभागको तथ्यांक छ । हालसम्म सडकमा २४ करोड ९६ लाख २३ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ