नेपाल एसीसी यु–१६ ईष्ट जोन क्रिकेटको उपाधी तेस्रो पटक जीत्न सफल

नेपाल एसीसी यु–१६ ईष्ट जोन क्रिकेटको उपाधी तेस्रो पटक जीत्न सफल

  • मङ्लबार, असार १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

असार १९ काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले पराजित गर्दै गर्दै नेपालले यो क्षेत्रमा तेस्रो पटक उपाधी हात पारेको हो । नेपालले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नामले २०१७ र २०१९ मा आयोजित प्रतियोगिता जितेको थियो ।

२ सय ५३ रनको विशाल लक्ष्य लिएर आएको मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो । कप्तान अविषेक तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रनमात्र खर्चेर ६ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर ३ तथा सागर गैरे र अशोक धामीले १ विकेट लिए । मलेसियाबाट मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

यसअघि नरेन भट्टले सानदार शतक बनाएपछि नेपालल फाइनलमा मलेसियाविरुद्ध मजबुत स्कोर बनाएको थियो । नरेनले ८२ बलमै १ सय रन पुरा गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको थियो ।

नरेन १ सय १२ रन बनाई अविजित रहे । उनले ८९ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भयो । सन्तोष २६ रनमा आउट भएपछि १ सय ४ रनको यो साझेदारि टुटेको थियो । उनले २९ बल खेल्दै २ चौका प्रहार गरे ।

तल्लोक्रममा अशोक धामीले ३६ बल खेली ३ चौका र ५ छक्का प्रहार गरेपछि नेपाल ३३।४ ओभरमा १ सय ८३ रनमा अलआउट भएको थियो । जबाफमा आएको मलेसियालाई नेपालले ३०।५ ओभरमा ९९ रनमा अलआउट गरेको गरेको थियो ।

सुर्यांशु दुइ चौका प्रहार गरि २३ बलमा १८ रन बनाई आउट भए । नरेनसँग दोस्रो विकेटमा ५५ रन जोडेका निरज अर्धशतक बनाउन चुके । निरजले ४९ बल खेली ६ चौकासहित ४७ रन बनाए ।

दीप भुजेल ५ र प्रतिक भट्टराई १ रनमा रनआउट भएपछि नेपाल केहि समय दबाबमा परेको थियो । यहीबाट नरेन र सन्तोषले नेपाली इनिङ्स उकासेका थिए । आफुले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका अविषेक तिवारी अर्को बलमा बोल्ड भए । अशोक धामी एक छक्का प्रहार गर्दै ७ बलमा ११ रन बनाई आउट भए । आशिष लोहार २ रनमा बोल्ड भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ