नरेनको सानदार शतक, मलेशियालाई २५३ रनको बिशाल लक्ष्य

नरेनको सानदार शतक, मलेशियालाई २५३ रनको बिशाल लक्ष्य

  • मङ्लबार, असार १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ असार १९ । नरेन भट्टले सानदार शतक बनाएपछि नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा मलेसियाविरुद्ध २५३ रनको बिशाल लक्ष्य दिएको छ । नरेनले ८२ बलमै १ सय रन पूरा गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको छ ।

मलेसियामा भइरहेको प्रतियोगितामा नरेन १ सय १२ रन बनाई अविजित रहे । उनले ८९ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भयो । सन्तोष २६ रनमा आउट भएपछि १ सय ४ रनको यो साझेदारी टुटेको थियो । उनले २९ बल खेल्दै २ चौका प्रहार गरे ।

 

नेपालले समूहचरणमै पनि मलेसियालाई ८४ रनले पराजित गरेको थियो । तल्लोक्रममा अशोक धामीले ३६ बल खेली ३ चौका र ५ छक्का प्रहार गरेपछि नेपाल ३३।४ ओभरमा १ सय ८३ रनमा अलआउट भएको थियो । जवाफमा आएको मलेसियालाई नेपालले ३०।५ ओभरमा ९९ रनमा अलआउट गरेको गरेको थियो ।

बायुमास ओभल मैदानमा मंगलबार नेपालीले यही उच्च प्रदर्शनलाई निरन्तरता दिएको थियो । यसअघि निरज यादव र सूर्यांशु कोइरालाले पुनः एकपटक नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । यी दुईले आठौं ओभरमा ४१ रन जोडेका थिए । सूर्यांशु दुई चौका प्रहार गरी २३ बलमा १८ रन बनाई आउट भए । नरेनसँग दोस्रो विकेटमा ५५ रन जोडेका निरज अर्धशतक बनाउन चुके । निरजले ४९ बल खेली ६ चौकासहित ४७ रन बनाए ।

दीप भुजेल ५ र प्रतीक भट्टराई १ रनमा रनआउट भएपछि नेपाल केही समय दबाबमा परेको थियो । पछि नरेन र सन्तोषले नेपाली इनिङ्स उकासेका थिए । आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका अविषेक तिवारी अर्को बलमा बोल्ड भए । अशोक धामी एक छक्का प्रहार गर्दै ७ बलमा ११ रन बनाई आउट भए । आशिष लोहार २ रनमा बोल्ड भए ।

अब नेपालले दिएको चूनौती बिरुद्ध मलेशियाले जवाफी व्याटिङ गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ