अविरल बर्षाका कारण तिनाउ नदीको जलसतहले खतराको संकेत नाघ्यो, सतर्क रहन सुझाव

अविरल बर्षाका कारण तिनाउ नदीको जलसतहले खतराको संकेत नाघ्यो, सतर्क रहन सुझाव

  • मङ्लबार, असार १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले खतराको जल सतह पार गरेपछि नदी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन सुझाव दिईएको छ ।

सोमबार रातीदेखि पाल्पा, रुपन्देहीलगायत जिल्लामा निरन्तर वर्षा भएकाले नदीमा जलसतह उच्च भएपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

मंगलबार बिहान ४ बजे नदीमा जल सतह खतराको विन्दुभन्दा माथि पुगेको थियो । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७ दशमलव २२ मिटर पुगेको छ ।

सो नदीमा ५ दशमलव ६ मिटर जल सतहलाई खतराको विन्दु मानिएको छ । पानी पर्ने क्रम जारी रहेकाले दिउँसोसम्म सतर्क रहन भनिएको हो ।

जिल्लास्थित तीन वटै सुरक्षा निकायलाई पनि तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।

अविरल वर्षाका कारण देशका अन्य नदीहरुमा जल सतहमा बृद्धि भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ