एसीसी ईस्टर्नजोनको सेमिफाईनलमा नेपालले आज सिंहापुरसँग खेल्दै

एसीसी ईस्टर्नजोनको सेमिफाईनलमा नेपालले आज सिंहापुरसँग खेल्दै

  • सोमवार, असार १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

मलेसियामा जारी एसीसी यु–१६ इस्ट जोन कपको पहिलो सेमिफाइनलमा नेपाल आज सिंगापुरसँग भिड्दै छ। बायोमास ओभल क्रिकेट मैदानमा नेपाल–सिंगापुर प्रतिस्पर्धा नेपाली समयानुसार बिहान सवा ७ बजे सुरु हुनेछ।

नेपाल समूह एको विजेता र सिंगापुर समूहबी को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्। नेपालले समूह चरणमा थाइल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो।

सिंगापुरले भने इन्डोनेसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो। सिंगापुर हङकङसँग भने ७ विकेटले हारेको थियो।

आजै हुने अर्को सेमिफाइनलमा हङकङ र मलेसिया भिड्नेछन्। फाइनल खेल मंगलबार हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ