युएई बिरुद्ध नेपालको संघर्षपूर्ण जीत, दीपेन्द्र सिंह ऐरी बने नायक

युएई बिरुद्ध नेपालको संघर्षपूर्ण जीत, दीपेन्द्र सिंह ऐरी बने नायक

  • आइतवार, असार १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा नेपालले चिरप्रतिद्वन्द्वी यूएईलाई पराजित गरेको छ। पहिले ब्याटिङ गर्दै यूएईले दिएको १८२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले ठूलो संघर्ष गर्नुपर्यो।

कुनै बेला ६३ रन बनाउँदै ६ विकेट गुमाइसकेको नेपाललाई सम्हालेर दिपेन्द्रसिंह ऐरीले जित दिलाउन सफल भए।

ओपनिङ, टप अर्डर र मध्यक्रममा ब्याट्सम्यान चल्न नसकेको अवस्थामा सातौँ क्रममा आएका दिपेन्द्रसिंहले नेपालको उद्धार गर्दै जित दिलाएका हुन्।

प्लेअफमा यूएईविरुद्ध जित निकालेसँगै अब नेपालले सातौँ स्थानका लागि आयरल्यान्डसँग खेल्ने छ। दिपेन्द्रले नेपाललाई जिताउने क्रममा ७९ रनको सर्वाधिक स्कोर गरे। अविजित रहेका उनले यसक्रममा ७ चौका र २ छक्का पनि हानेका छन्।

नेपाललाई जिताउने क्रममा दीपेन्द्रले सर्वाधिक रनको स्कोर गरे। उनलाई साथ दिँदै गुलशन झा र सन्दीप लामिछानेले पनि नेपालको जितको आधार खडा गर्न भूमिका खेले।

७ विकेट गुमाइसकेको अवस्थामा उनलाई सन्दीपले बलियो साथ दिए। सन्दीपले पनि सम्हालिएर खेल्दै २३ रनको पारी खेले।

यसअघि गुलशन झा १२ रन बनाएको अवस्थामा पवेलियन फर्किए। गुलशनसँग मिलेर दिपेन्द्रले ४२ रनको साझेदारी गरेका थिए।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३५ रन बनाए। तर आज अवसर पाएका अर्जुन साउदले आफूलाई सिद्ध गर्न सकेनन्। उनी ५ बलमा १ रन बनाएको अवस्थामा पवेलियन फर्किए।

त्यसैगरी चार महिनापछि मौका पाएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २२ बलमा केबल १३ रन बनाए। कप्तान रोहित पौडेल पनि आज चल्न सकेनन्। उनले १५ बलमा ४ रन बनाउँदा क्याच आउट हुँदै पवेलियन फर्किए। भीम सार्की र आरिफ शेख व्यक्तिगत १–१ रनमै आउट भए।

यसअघि हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा यूएईले ४६।५ बल खेल्दै सबै विकेटको क्षतिमा १८१ रन बनाएको थियो।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३र३ विकेट लिएका थिए। नेपालका लागि प्रतिस जिसी, गुलशन झा र दिपेन्द्रसिंह एरीले व्यक्तिगत १-१ विकेट लिए।

यूएईका लागि कप्तान भ्रितिया अरबिन्दले सर्वाधिक ४४, रोहन मुस्ताफाले ३५ र वसिल हमिदले २९ रनको योगदान दिए। त्यसैगरी ओपनर आर्यन शर्माले २८ रन जोड्न सफल भए। यूएईका ५ जना दोहोरो स्कोर नगरी बाहिरिए।

यूएईविरुद्ध पूर्वकप्तान ज्ञानेन्द्र मल्ल टोलीमा फर्किएका थिए। त्यस्तै प्रतिस जिसी र अर्जुन साउदलाई अवसर दिइएको थियो।

शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई हराउँदै आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरिसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ