सातौँ स्थानको लागि आज नेपालले युएईसँग खेल्दै

सातौँ स्थानको लागि आज नेपालले युएईसँग खेल्दै

  • आइतवार, असार १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफका लागि नेपाल र युएईबीच आज प्रतिस्पर्धा हुँदैछ। नेपाल र युएईबीच हरारेमा हुने खेल नेपाली समयअनुसार १२ः४५ मा सुरु हुनेछ। नेपालले युएईविरुद्ध खेलेका पछिल्ला चार खेलमा लगातार जित हात पारेको छ।

यसअघि सातौं स्थानको अर्को प्लेअफमा अमेरिका र आयरल्यान्डबीच खेल भएको थियो। खेलमा आयरल्यान्ड ६ विकेटले विजयी भएको थियो।

अब आज जित हात पार्ने टिमले सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। आज पराजित हुने टिमले नवौं स्थानको लागि अमेरिकासँग भिड्नेछ।

समूह ‘ए’ मा नेपाल चौथौ स्थानमा सीमित बन्दा सुपर सिक्समा पुग्न असफल भएको थियो। नेपालसँग प्रतिस्पर्धा गर्न लागेको यूएई भने समूह बी मा पाँचौ भएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ