रौतहटमा आमाछोरीको हत्या, दाईजोको नाममा हत्या भएको आशंका

रौतहटमा आमाछोरीको हत्या, दाईजोको नाममा हत्या भएको आशंका

  • शनिबार, असार १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

१६ असार, रौतहट । रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ ।

कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारका सदस्यहरु फरार भएका छन् ।

‘मृतकका जेठानी र सासूलाई सोधपुछका लागि ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘मृतकका श्रीमान् अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास गर्दैछौं ।’ घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था नरहेको र अनुसन्धान पछि मात्रै विस्तृत कुराहरु खुल्ने उनले बताए ।

तीन वर्षअघि विवाह गरेकी कवितालाई उनका श्रीमानले पटक–पटक दाइजोका लागि यातना दिने गरेको कविताका बुवा विजय शंकर साहले बताए ।

‘बिहेपछि दाइजोमा सुनको औठी र सिक्री दिन सकिएको थिएन । ज्वाइ धिरेन्द्रले धेरै पटक छोरीलाई यो विषयमा कुटपिट गरेको थियो,’ साहले भने, ‘आखिरमा दाइजोकै लागि छोरी र नातिनीको हत्या गरेर ज्वाइ फरार भए ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी