काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधिश डा कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको मुद्दामा गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो।
यस अघि तीन जना पनि बन्दीप्रत्यक्षीकरणको आदेशबाट छुटेका थिए ।
प्रहरीले लिखत किर्ते मुद्धामा हदम्याद नलाग्ने भन्दै ४ सय बढी व्यक्तिलाई पक्राउ पूर्जी जारी गरीसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline