फिफा बरियतामा नेपाल एक स्थान तल झर्यो

फिफा बरियतामा नेपाल एक स्थान तल झर्यो

  • बिहिबार, असार १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

१४ असार, काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमा झरेको छ । यसअघि नेपाल १७४औं थियो । दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारत १००औं स्थानमा छ । आमन्त्रित टिमको रुपमा साफ खेलिरहेको लेबनान १०२औं स्थानमा झरेको छ भने कुवेत १४१औं स्थानमा उक्लेको छ ।

यस्तै माल्दिभ्स १५४औं स्थानमा यथावत छ । भुटान एक स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ ।

साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको बंगलादेश १९२औं स्थानमा यथावत छ । पाकिस्तान २०१औं स्थानमा झरेको छ । फिफा निलम्बनमा रहेको श्रीलंका २०७औं स्थानमा छ ।

एसियाली राष्ट्रमध्ये जापान सबैभन्दा माथि २०औं स्थानमा रहँदा इरान २२औं स्थानमा छ । अष्ट्रेलिया २७औं र दक्षिण कोरिया २८औं स्थानमा छ । विश्व वरीयतामा विश्व च्याम्पियन अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रोमा छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ