स्रष्टा दुर्गादेवी नेपालको निधन

स्रष्टा दुर्गादेवी नेपालको निधन

  • बिहिबार, असार १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

नइ प्रकाशनका संरक्षक ८६ वर्षीय दुर्गादेवी नेपालको हिजो साँझ नइगृहमा निधन भयो । हिजै राति पशुपति आर्यघाटमा स्रष्टा नेपालको पार्थिव शरीरमा उहाँकी छोरी इन्दिरा प्रसाईले मुखाग्नि ९दागबत्ती० दिएकी थिइन् ।

दुर्गादेवी नेपालको आत्मकथा बगेको खोलाु र कवितासङ्ग्रह उनैको मायाु प्रकाशित कृति हुन् । बगेको खोलाु उहाँले २०६४ सालमा अमेरिका बसाइक्रममा लेख्नु भएको थियो । सोही ग्रन्थले ‘गोधूलि पुरस्कारु प्राप्त गरेको थियो । सुकेको खोलाु लेख्नेक्रममा विगत दुई वर्षदेखि उहाँ दृष्टिविहीन हुनुभएको थियो ।

नइ प्रकाशनले २०६६ सालमा स्रष्टा दुर्गादेवी नेपाल र उहाँका पति गणेशप्रसाद शर्माका नाउँमा पुरस्कारको स्थापना गरेको थियो । एक लाख रूपियाँ राशिको ुनइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कारु नेपालबाहिरका नेपाली भाषासाहित्यका स्रष्टालाई हरेक वर्ष समर्पण गरिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी