तँ धेरै जान्ने हुन्छेस्, तँ को होस् भन्दै अदालतकी महिला कर्मचारीमाथि आक्रमण गर्ने वकिल पक्राउ

तँ धेरै जान्ने हुन्छेस्, तँ को होस् भन्दै अदालतकी महिला कर्मचारीमाथि आक्रमण गर्ने वकिल पक्राउ

  • बिहिबार, असार १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

असार १४ काठमाण्डौँ । कर्मचारीले सक्कल मिसिल दिन नसक्ने तर फोटोकपी दिन सक्ने भनेपछि तँ जान्ने हुन्छेस्, तँ को होस् भन्दै कार्यकक्षमै जिल्ला अदालत ललितपुरकी महिला कर्मचारीमाथि आक्रमण गर्ने एक जना कानुन व्यवशायी पक्राउ परेका छन् ।
बुधबार अपराह्न जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौ–(१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका हुन्।

वकिलसमेत रहेका लामिछानेले कर्मचारीलाई कुटपिट उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ ।

अमिर दुषित लिखतसम्बन्धी एक मुद्दाका वारेस भएर अदालतमा उपस्थित भएका थिए। उनी तारेख लिन अपराह्न साढे ४ बजेतिर नासु प्रेमिकाको फाँटमा पुगेका थिए। सेवाग्राहीको भीड भएको बेला समेत लामिछाने त्यहीँ बसेर मिसिल पढ्न थालेपछि प्रेमिकाले फोटोकपी लगेर अन्तै बसेर पढ्न भनेपछि रिसाएका लामिछाने श्रेस्तेदारकोमा पुगेर फर्किएपछि त धेरै जान्ने हुन्छेस् भन्दै कुट्न शुरु गरेका थिए ।

लामिछानेको कुटाईबाट प्रेमिकाको दुई वटा दाँत हल्लिएको छ । ‘शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पेश गरी उनीमाथि म्याद थप गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी