साउदी अरबको अमेरीकी दुतावास नजिक गोली चल्दा एक नेपालीको मृत्यु

साउदी अरबको अमेरीकी दुतावास नजिक गोली चल्दा एक नेपालीको मृत्यु

  • बिहिबार, असार १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

असार १४ काठमाण्डौँ । साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासअघि गोली चल्दा एक नेपालीको मृत्यु भएको छ । घटनामा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको साउदी प्रेस एजेन्सीले बताएको छ। मृत्यु हुने नेपाली को हुन् भन्ने पुष्टी हुन बाँकी छ । मृत्यु हुने नेपाली नागरिक दूतावासका लागि कार्यरत निजी सुरक्षागार्ड भएको बताइएको छ।

गोलाबारीमा कुनै अमेरिकी नागरिक घाइते नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
एजेन्सीका अनुसार जेद्दास्थित दूतावास नजिकै एक हतियारधारी व्यक्ति आएर कार पार्क गरेको थियो। बन्दुक बोकेर कारबाट निस्किएका ती व्यक्तिलाई सुरक्षाकर्मीले सामान्य सम्झाइबुझाइ गरे। त्यसै क्रममा उक्त व्यक्तिले ती सुरक्षागार्डमाथि गोली चलाएको साउदीन्युजले जनाएको छ।

जवाफमा सुरक्षाकर्मीले चलाएको गोली लागेर उक्त बन्दुकधारी व्यक्तिको पनि मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी