शुरुमा बजेटप्रति असहमति राख्दै आएको जसपाले पनि अन्ततः बजेटको पक्षमा मत दिने भएको छ । आज संसदीय दलको बैठकले सबै सांसदहरुलाई बजेट पास गर्न ह्वीप जारी गरेको छ ।
आज बसेको संसदीय दलको बैठले बजेटको पक्षमा मतदान गर्ने निर्णय लिँदै ह्विप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिएका छन्।
यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले नै यथास्थितिमा बजेट पास नहुने बताउँदै आएका थिए। बजेट संसोधन नभएसम्म त्यसको पक्षमा मतदान नगर्ने घोषणा समेत गरेका थिए।
आजै एकीकृत समाजवादीले पनि बजेटको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। बजेट पारित गर्ने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक जारी छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline