साफमा नेपालको सान्त्वना जीत, पाकिस्तान बिरुद्ध आशिषको गोल

साफमा नेपालको सान्त्वना जीत, पाकिस्तान बिरुद्ध आशिषको गोल

  • मङ्लबार, असार १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

आशिष चौधरीको निर्णायक गोलमा पाकिस्तानविरुद्ध जित निकाल्दै नेपालले साफ च्याम्पियनसिपमा सान्त्वना जीत निकालेको छ। भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।

साफमा नेपालले पाकिस्तानलाई सन् २००८ मा हराएको थियो। नेपालले पाकिस्तानलाई १५ वर्षपछि हराएको हो। जितसँगै नेपालले अंकतालिकामा ३ अंक जोड्दै तेस्रो स्थानमा रहेर साफको यात्रा अन्त्य गरेको छ।

नेपालको जितमा खेलको ८० औं मिनेटमा आशिषले गरेको गोल नै निर्णायक बन्यो। आशिषले डिबक्स बाहिरबाट गरेको शसक्त प्रहारलाई पाकिस्तानका गोलरक्षकले रोक्नै कुनै मौका पाएनन्। राष्ट्रिय टोलीमा आशिषको यो डेब्यू गोल हो।

एक खेल अगावै समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान आजको खेलमा प्रतिष्ठाका लागि लडेका थिए।

यसअघि शनिबार भारतसँग भएको खेलमा भने नेपाल २–० ले पराजित भएको थियो। समूह चरणको पहिलो खेलमा कुवेतसँग ३–१ को हार ब्यहोरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ