काठमाडौँ असार १२ । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो सङ्ख्या थपिएको हो । एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।
सरकारले ललिता निवास प्रकरणको फाईल खोलिएसँगै ठूला आरोपीहरु पक्राउ पर्न थालेका हुन् । यसमा अझै केही व्यक्ति पक्राउ पर्न सक्ने संभावना रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline