मिटरब्याजी ज्ञानेन्द्र महर्जंन ललितपुरबाट पक्राउ

मिटरब्याजी ज्ञानेन्द्र महर्जंन ललितपुरबाट पक्राउ

  • सोमवार, असार ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ । मिटरब्याजीको आरोपमा प्रहरीले ललितपुरबाट ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२६ घर भएर नखिपोट बस्दै आएका ४६ वर्षीय महर्जनले २०७५ बाट मिटर ब्याजमा लगानी गरेको आरोप छ ।

ललितपुर घर भएका ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख सापटी दिएर ‘वैदेशिक रोजागारी’ को कागज गराएर उनले १ करोड २६ लाख असुलेको पाईउको प्रहरीले बताएको छ ।

असार ८ मा पक्राउ गरेर ललितपुर प्रहरीले ज्ञानेन्द्रविरुद्ध अनुचित लेनदेन ‘मिटरब्याज’ मा लगानी गर्न नहुने’ कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको छ । अनुचित लेनदेन ‘मिटरब्याज’ मा लगानी गर्न नहुने ऐन अध्यादेशबाट आएको थियो । सो ऐन संसदबाट अनुमोदन भैसकेको छैन । मुलुकी अपराध संहिता–०७४ को दफा–२४९ लाई अध्यादेशमार्फत २०८० वैशाखमा सरकारले संशोधन गर्ने निर्णय गरेको थियो । मिटरब्याज विरुद्ध राजधानीमा भएको लगातारको प्रदर्शनपछि सरकारले ल्याएको अध्यादेशअनुसार प्रहरीले पहिलोपटक मुद्दा दर्ता गरेर कारवाही अघि बढाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ