कोशी प्रदेशका सामाजिक मन्त्रीले न्यायधीशमाथि गरे भद्धा टिप्पणी, भने फटाहा, कलंक र घुस खाएर फैसला गरे

कोशी प्रदेशका सामाजिक मन्त्रीले न्यायधीशमाथि गरे भद्धा टिप्पणी, भने फटाहा, कलंक र घुस खाएर फैसला गरे

  • आइतवार, असार १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

१० असार, विराटनगर । खेलकुद बोर्डका सदस्य सचिव हटाउने आफ्नो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी न्यायाधीशमाथि भद्धा टिप्पणी गरेका छन् ।

उनले सार्वजनिक मञ्चबाटै न्यायाधीशलाई फटाहा, जनताको नाममा कलंक र घुस खाएर फैसला गरेको आरोप लगाएका छन् । ३ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय विरुद्ध वाग्ले उच्च अदालत, विराटनगर गए । ५ जेठमा न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दियो ।

२२ जेठमा दुवै पक्षसँग छलफलपछि न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले वाग्लेलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको आदेशलाई निरन्तरता दिएको थियो ।

अदालतको आदेशपछि वाग्ले काममा फर्किएका छन् । त्यसपछि मन्त्री न्यायधीशमाथि खनिएका हुन् । विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले स्टेअर्डर दिने न्यायाधीश ‘फटाहा’ र ‘जनताको नाममा कलंक’ भएको दाबी गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ