तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा बेपत्ताको खोजी कार्य जारी

तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा बेपत्ताको खोजी कार्य जारी

  • शनिबार, असार ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

संखुवासभा, असार ९ गते । खुवासभामा परेको अविरल बर्षाको कारण बाढी पहिरो आई बेपत्ता भएकाहरुको खोजी कार्यको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरिएको छ । असार २ गते राती आएको बाढी पहिरोमा परी बेपत्ता भएका २१ जना मानिसहरुको उद्दार तथा खोज तलास कार्यमा खटिएका सुरक्षा कर्मीहरुद्वारा उनिहरुको अवस्था हाल सम्म फेला पार्न नसकेकोले तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई तिब्रता दिएको हो ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र  नेपाल प्रहरीको २ वटा तालिम प्राप्त कुकुर सहितको टोलीले बेपत्ता भएका मानिसहरूको तिब्ररुपमा खोजतलास गरिरहेको छ ।

चैनपुर नगरपालिका-४ स्थित हेवा खोलामा आएको बाढी पहिरोले १७ जना, चैनपुर नगरपालिका-१ स्थित पिलुवा खोलामा १ जना, पाँचखपन नगरपालिका-९ स्थित अपरहेवा खोलामा १ जना र सभापोखरी गाउँपालिका-३ स्थितमा पहिरोले पुरी २ जना बेपत्ता भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ